मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ९ शुक्रबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जारी आन्दोलनमा सक्रिय सहभागी हुन कानुन व्यवसायीलाई बारको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ९ शुक्रबार ११:५७:००

नेपाल बार एसोसिएसनले न्यायालय शुद्धीकरण र सुदृढीकरणका लागि जारी आन्दोलनमा सहभागी हुन कानुन व्यवसायीहरूमा आह्वान गरेको छ। बारले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका कानुन व्यवसायीहरूलाई आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको हो।

‘११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतकेन्द्रित हाम्रो आन्दोलन कार्यक्रम निरन्तर जारी रहेको व्यहोरा जानकारी गराउँदै उपत्यकामा रहनुहुने सम्पूर्ण कानुन व्यवसायीको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाा माग गदै बारको नेतृत्वमा सर्वोच्च परिसरमा पछिल्लो करिब डेढ महिनादेखि निरन्तर विरोधक कार्यक्रम जारी छ।