मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ७ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ७ बुधबार २१:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाधिवेशनको झल्को दिने गरी काठमाडौंको अधिवेशनमा जनलहर उत्रनुपर्छ : एमाले नेता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ७ बुधबार २१:२६:oo

एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले आगामी २३ पुसमा हुने काठमाडौं जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ (ख) कमिटीको बुधबार सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १०औँ महाधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्न निर्देशन दिएका हुन् । 

उनले भने, ‘१०औँ महाधिवेशनमा जसरी जनलहर उत्रियो, सोही ढंगले काठमाडौंमा उत्रनुपर्छ ।’ पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले आगामी निर्वाचनपछि एमाले पहिलो बन्ने गरी सबै लागिपर्नुपर्ने बताए । 

बैठकमा केन्द्रीय सदस्य तथा सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिबारे धारणा राखेका थिए । 

एमाले काठमाडौं जिल्ला कमिटीको अधिवेशन अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय गरिएको छ ।