यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ। आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही र बिचौलियालाई पक्राउ गरेको हो।
उजुरीका आधारमा यातायात कार्यालयबाट केहीलाई पक्राउ गरी अनुसन्धान भइरहेको स्वयम्भू वृत्तका डिएसपी मिलन केसीले बताए। प्रहरीले यातायात कार्यालयबाट कागजपत्रसमेत बरामद गरेको छ।