मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ पौष ६ मंगलबार o८:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु टोलीको विजयी सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार o८:o८:oo

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८ ओभरमा ३१ रन बनाउँदै सबै विकेट गुमायो । सुदूरपश्चिमको बलिङसामु धर्मराएको गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि पेम लम्बु शेर्पाले सर्वाधिक ६ रन बनाइन् । सुदूरपश्चिमका कविता जोशी र दीपा जोराले दुई–दुई तथा कविता कुँवर र ईश्वरी विष्टले एक–एक विकेट लिइन् । गण्डकीका चार खेलाडी रनआउट भए । ३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले एक विकेटको क्षतिमा २ दशमलव १ ओभरमै सहजै लक्ष्य भेटायो । कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाइन् । सुुदूरपश्चिमले १९ रन अतिरिक्त पायो । 

सोमबार नै भएको अर्को खेलमा प्रदेश २ लाई ४८ रनले पराजित गर्दै विभागीय टिम एपिएफले पनि विजयी सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ८ विकेटको क्षतिमा ९८ रन बनायो । हुस्सु र शीतलहरले ढिलो गरी खेल सुरु हुँदा खेल १५ ओभर गराइएको थियो । एपिएफका लागि ज्योति पाण्डेयले २४ रन, इन्दु बर्माले २१ रन, रोमा थापाले १४ रन र ममता चौधरीले ११ रन बनाए । प्रदेश २ का लागि विमला मगरले ३ तथा अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक–एक विकेट लिए ।

९९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ९ विकेटमा ५० रन मात्र बनाउन सक्यो । मेलिना रायमाझीले २० रनबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । एपिएफका लागि सुष्मा श्रेष्ठले दुई विकेट लिइन् । सोनु खड्का, रेखा रावल, सीता रानामगर र करुणा भण्डारीले एक–एक विकेट लिए ।