मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष ६ मंगलबार o७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीकाे बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री  निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार o७:३६:oo

माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पाैडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा उनले काभ्रेपलाञ्चाेकका दीननाथ गौतम (प्रयास)लाई ७६ मतले पराजित गरेका छन्। पाैडेलले एक सय ६२ मत ल्याए भने गौतमले ८६ मत प्राप्त गरे।

तीन उपाध्यक्षमा रूपा महर्जन,  प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ विजयी भएका छन्। तीन सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए। कोषाध्यक्षमा संगीता भट्टराई  निर्वाचित भएकी छिन्।  प्रदेश नेतृत्व चयनका लागि माओवादीमा आन्तरिक निर्वाचन भएको यो पहिलोपटक हो । 

अध्यक्षसहित नौजना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनअन्तर्गत सोमबार साँझ नै मतदान भएको थियो । अध्यक्षका लागि सरल सहयात्री पौडेल र दीननाथ गौतमले उम्मेदवारी दिएका थिए । उपाध्यक्षका लागि १०, सचिवमा चार, सहसचिवमा १० र कोषाध्यक्षका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको थियो । अध्यक्ष र पदाधिकारी छनोटका लागि प्रदेश कमिटीका दुई सय ७५ जना मतदाता थिए ।