मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ पौष ५ सोमबार १o:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको साना व्यवसायी लक्षित प्रिपेड प्लान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १o:५९:oo

एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयका लागि उपयुक्त हुने प्रकारको योजना ल्याएको छ । कम्पनीले साना तथा मझौला व्यवसायीका लागि आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको हो । 

साना तथा मझौला व्यवसायी र स–साना कार्यालयहरूलाई ध्यानमा राखी ल्याइएकाले योजनामा कम शुल्कमा पेजी, सियुजी, अन नेट र अफ नेट कल सेवालगायत विशेषता रहेको उल्लेख छ । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा रहेको र रिचार्जमा समयसीमा नरहने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले सरल रूपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरी यो सेवा लिएर सुलभ दरमा आफ्नो सियुजी समूह अर्थात् कार्यालयका साथीहरूसँग करसहित जम्मा ३० पैसा प्रतिमिनेटका दरमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित प्रतिमिनेट एक रुपैयाँ ३० पैसामा उपलब्ध हुने जनाइएको छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा एक रुपैयाँ ३० पैसा प्रतिएमबी र पेजी एसएमएस सेवा पनि प्रतिएसएमएस एक रुपैयाँ ३० पैसामा पाउने उल्लेख छ । 

ग्राहकले एकपटक मात्र एक सय ५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्ने जनाइएको छ । यो प्लान सुचारु भएपछि ग्राहकले ३५ रुपैयाँ मेन ब्यालेन्ससहित सात दिनको समयसीमा रहेको पाँच सय एमबी डेटा पनि प्राप्त गर्ने जनाइएको छ । यसका साथै ३० दिनसम्ममा दुई सय रुपैयाँको रिचार्ज गरेमा ग्राहकले सात दिनको समयसीमा रहेको एक जिबी डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यस प्लानमा रहेका अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार विभिन्न एड अन प्याकहरू पनि खरिद गर्न सक्ने जनाइएको छ । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ प्याकअन्तर्गत दुई जिबी/चार जिबी÷६ जिबी डेटा प्याक, वानटाइम तीन जिबी÷पाँच जिबी प्याक र कम्बो प्याकहरू खरिद गर्न सक्ने जनाइएको छ । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बन्डलिङसहित दुई सय रुपैयाँकोे कम्बो सिल्भर, तीन सय रुपैयाँको कम्बो गोल्ड वा तीन सय ५० रुपैयाँको कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने जनाइएको छ ।