मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Monday, 16 December, 2024
२o७८ पौष ५ सोमबार १o:१७:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

एनआइसी एसियाद्वारा खेल पोसाक हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १o:१७:oo

एनआइसी एसिया बैंकले बंगलादेशमा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुने नेपाली टोलीलाई खेल पोसाक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले आइतबार महिला टोलीकी कप्तान अरुणा शाही, पुरुष टोलीका कप्तान इम रानामगर र महिला टोलीका मुख्यप्रशिक्षक जगदिशप्रसाद भट्टलाई खेल पोसाक हस्तान्तरण गरेका हुन् । 

सिइओ न्यौपानेले खेलाडी, प्रशिक्षक तथा सहभागी टोलीलाई संस्थाले खेल पोसाकमार्फत भए पनि हातेमालो गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको बताए । उनले भने, ‘नेपालको राष्ट्रिय खेलको विकासका लागि सबै कर्पोरेट हाउसबाट योगदान गर्न अनुरोध पनि गर्छु ।’

मुख्य प्रशिक्षक भट्टले पनि राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चासोमा खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनमा बैंकबाट यस्तै किसिमको सहयोगको अपेक्षा गरेको पनि बताए । बैंकले महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र अफिसियललाई जुत्ता, स्पोर्टस् ब्याग, निक्याप र मोजा उपलब्ध गराएको छ । २१ देखि २९ डिसेम्बरदेखि ढाकामा हुने एसियन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप कपमा प्रतिस्पर्धा गर्न दुवै नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

महिला टोलीको लक्ष्य उपाधि रक्षा

महिला टोलीकी कप्तान शाहीले उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन् । महिला टोलीले २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको उपाधि जितेको थियो । पुरुष टोलीले यसअघि नेपालमा भएको पाँचौँ संस्करणमा पदक जित्न सकेन । यद्यपि, पुरुषतर्फका कप्तान राना मगरले यसपटक पदकको आशा गरेको जनाए । नेपाल घरेलु कोर्टमा पाँचौँ भएको थियो ।संघका महासचिव जितेन्द्र चन्द्रले यसपटक राष्ट्रिय टोलीको तयारी राम्रो भएको जनाए । यसबीच नेपाल भलिबल संघको आयोजनमा आइतबार खेलकुदमन्त्री महेश्वर गहतराज नेपाली टोलीलाई बिदाइ गरेका छन् । 

शीर्ष दुई टोली फाइनल पुग्ने

प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता राउन्ड रोविनका आधारमा खेलाइनेछ । महिलातर्फ आयोजक बंगलादेशसहित नेपाल, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुनेछ । यस्तै, लिगमा तेस्रो र चौथो हुने टिमबीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताका लागि नेपालले एक महिना तयारी गरेको थियो । पुरुषतर्फ एफआइभिबी कोचिङ सपोर्टअन्तर्गत नेदरल्यान्ड्सका हान अबिङले प्रशिक्षण गरिरहेका छन् ।