माओवादी केन्द्रको चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनले पदाधिकारीबिना २११ सदस्यीय कमिटी घोषणा गरेको छ । नौसदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेकाले पदाधिकारीबिनै कमिटी घोषणा गरेको एक नेताले बताए ।
कमिटीको पहिलो बैठकले पदाधिकारी चयन गर्ने ती नेताले बताए । उनका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरेका छन् ।