नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशनमा पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका छन्। देउवा प्यानलसहित उम्मेदवारी दर्ताका लागि सभागृह पुगेका हुन्।
देउवाको टिमबाट महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महत तथा उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार छन्। त्यस्तै, सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारूबाट उमाकान्त चौधरी र मुस्लिमबाट फर्मुल्लाह मन्सुर छन्।
सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय छन्।