१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जंगली जनावरको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:२५:oo

चितवनमा जंगली जनावरको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। भरतपुर महानगरपालिका– १३ गंगानगरका ६६ वर्षीय दिल्लीराज सुवेदीको शव खुट्टाको पैतालाको भाग र टाउको जंगली जनावरले खाएको अवस्थामा वनमा भेटिएको हो।

बुधबार घरनजिकैको सीतामाई मन्दिरमा पूजा गर्न गएका सुवेदी सम्पर्कबिहिन भएका थिए। खोजतलास गर्ने क्रममा शुक्रबार जंगलमा उनले लगाएको कपडा, दाहिने खुट्टाको पैतालाको भाग र टाउको जंगली जनावरले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सीतामाई मन्दिर सामुदायिक वनभित्र छ। गत भदौ महिनामा पनि निउरो टिप्न जंगल गएका यसै वडाका वसन्त सुवेदीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

ad
ad