१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७८ मङ्सिर २४ शुक्रबार २२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छलफलमा इतर समूहका नेता, साझा उम्मेदवार तय गर्न दबाब दिँदै नेता–कार्यकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार २२:o८:oo

नेपाली कांग्रेसको संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवार टुंगो लगााउन छलफलका जुटेको छ। गौशालास्थित अनुपम फुडल्यान्डमा सभापतिका चार आकांक्षी र इतर समूहका नेताहरू छलफलमा जुटेका हुन्। 

साझा उम्मेदवार तय गर्न पौडेल पक्ष बसेको बैठकस्थल अघि नेता–कार्यकर्ताले दबाब दिइरहेका छन्। नेताहरूको बैठक जारी रहँदा नेता–कार्यकर्ताहरू सहमतिमा आउन भन्दै नाराबाजीसमेत गरिरहेका छन्। 

दबाबका लागि बैठकस्थलमा रहेका केन्द्रीय सदस्यका दाबेदार प्रमोदहरि गुरागाईंले नेता तथा कार्यकर्ताहरू साझा उमेदवारको प्रतीक्षामा रहेको बताए। ‘अन्तिम समयसम्ममा भए पनि  नेताहरूले सहमतिमा साझा उम्मेदवार तय गर्नुपर्छ भन्ने नेता–कार्यकर्ताको मर्म हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामी बैठकस्थलबाहिर साझा उम्मेदवारको नामकाे प्रतीक्षा गरिरहेका छौँ ।’

संस्थापनइतरबाट नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिको आंकाक्षीका रूपमा रहँदै आएका छन्। साझा उम्मेदवार तय गर्नेबारे अन्तिम छलफलमा जुटेको बताएका छन्। 

ad
ad
ad
ad