मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर २४ शुक्रबार १७:००:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गोरखामा ९५ हजारले कोरोना खोप लगाए

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २४ शुक्रबार १७:००:००

गोरखामा ९५ हजार  तीन सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्षभन्दा माथि एक लाख ५९ हजार दुईसय ३८ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा हालसम्म ९५ हजारलाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । ११ स्थानीय तहमध्ये गोरखा नगरपालिकामा भने शतप्रतिशतलाई पहिलो मात्रा कोरोना खोप लगाइएको छ । १८ हजार चार सय ८३ जनाले पूर्ण रूपमा कोरोनाको खोप लगाएका छन् । यीमध्ये पहिलो डोज लगाउन बाँकी कोही पनि छैनन् ।  तर दोस्रो डोजको खोप भने १५ हजार तीन सय पाँचजनालाई लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ । 

धार्चे गाउँपालिकामा सात हजार पाँच सय ४६ जनाले पूर्ण खोप लगाएका छन् भने अब २६ जनालाई पहिलो र दुई सय ७४ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ । अजिरकोट गाउँपालिकाका सात हजार पाँच सय ३९ जनाले पूर्ण खोप लगाएका छन् । एक हजार २० जनालाई पहिलो र पाँच सय ६५ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ । सहिद लखन गाउँपालिकाका नौ हजार छ सय २२ जनाले पूर्ण रूपमा खोप लगाएका छन् । अब एक हजार एक सय नौजनालाई पहिलो र पाँच हजार दुई सय ५९ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
  
पालुङटार नगरपालिकाका १३ हजार एक सय ७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने छ सय १४ जनालाई पहिलो र आठ हजार चार सय ८२ जनालाई दोस्रो डोज खोप लगाउन बाँकी छ । बारपाक सुलिकोटमा सात हजार सात सयजनाले पूर्ण रूपमा खोप लगाएका छन् भने दुई हजार चार सय ३३ जनालाई पहिलो र चार हजार चार सय १६ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ । गण्डकी गाउँपालिकामा छ हजार आठ सय ५८ जनालाई पूर्ण खोप लगाइएको छ । एक हजार सात सय ६० जनालाई पहिलो र चार हजार आठ सय ३५ जनालाई दोस्रो डोज लगाउन बाँकी रहेको कार्यालयका जनाएको छ । 

भीमसेन थापा गाउँपालिकामा छ हजार नौ सय ८४ जनालाई पूर्ण खोप लगाइएको छ । एक हजार छ सय १३ जनालाई पहिलो र चार हजार ७७ जनालाई दोस्रो डोज खोप लगाउन बाँकी छ ।सिरानचोक गाउँपालिकामा छ हजार आठ सय १६ जनाले पूर्ण खोप लगाएका छन् । एक हजार दुई सय ३२ जनालाई पहिलो र पाँच हजार छ सय ४७ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ ।आरुघाट गाउँपालिकाका सात हजार एक सय ९६ जनाले पूर्ण खोप लगाएका छन् । एक हजार तीन सय २२ जनालाई पहिलो र पाँच हजार तीन सय ८३ जनालाई  दोस्रो डोजको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ  । 

चुमनुब्री गाउँपालिकामा तीन हजार चार सय ३५ जनाले पूर्ण खोप लगाएका छन् । आठ सय छजनालाई पहिलो र पाँच सय ६३ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ । दुई लाख ४४ हजार छ सय ६४ जनालाई खोप लगाउनुपर्नेमध्ये गोरखामा १८ वर्षभन्दा माथि एक लाख ५९ हजार दुई सय ३८ जना र १८ वर्षभन्दा मुनिका ८४ हजार चार सय ३० जना छन् । १८ वर्षमुनिकालाई खोप लगाउने कार्यक्रम भने सुरु भएको छैन । स्वास्थ्य कार्यालयका अनुसार अहिले भेरोसेल खोप ४२ हजार तीन सय ६० मात्रा र कोभिसिल्ड खोप तीन हजार मात्रा स्टक रहेको छ।