१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Monday, 23 September, 2024
२o७८ मङ्सिर २० सोमबार o८:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : लुम्बिनीमा पौडेल पक्षका अमरसिहं पुन विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार o८:o४:oo

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर पुनले ८ सय ५२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

१ हजार ६ सय ३१ मत खसेकोमा विजयी पुनले ८ सय ५२ मात प्राप्त गरेको निर्वाचन समितिका सदस्य अब्दुल रहमान खाँनले जानकारी दिए । पुनका प्रतिद्धन्दी शेर बहादुर देउवा पक्षका  रुपन्देहीका भरत कुमार शाहले ७ सय ६७ मत प्राप्त गरेका छन् । उपसभापति पदमा भने मिश्रीत परिणाम आएको छ । उप–सभापति पदमा अमरसिंह पुनको प्यानलका भुवन प्रसाद श्रेष्ठ ८ सय ४७ मत र शाह प्यानलका राजु खनालले ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् ।

पुन पक्षका अष्टभुज पाठकले ७ सय ७२ मत प्राप्त गरेका छन् । भने शाह पक्षका सुधाकर पाण्डेले ६ सय ६१ मत प्राप्त गरेको खाँनले जानकारी दिए । महामन्त्रीमा पुनकै प्यानलका दुबै जना बिक्रम खनालले ८ सय ४४ मत र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत प्राप्त गरि विजयी भएका छन् । शाह पक्ष बाट महामन्त्री पदका उम्मेदवार बनेका खिमान सिंह रायमाझीले ६ सय ५१ मत र जन्मजय तिमल्सिनाले ७ सय ९ मत प्राप्त गरेका छन् । 

यस्तै सह महामन्त्री (महिला) मा पुन समूहकी निमा गिरीले ८ सय ३० मत प्राप्त गरि विजयी भएकी छिन । शाह समूहकी सरीता चौधरीले ६ सय ८७ मत प्राप्त गरेकी छन् । खुल्ला तर्फका सह–महामन्त्रीमा पुन समूहका बिष्ण खनाल (मुस्कान) ले ८ सय ५९ मत र खगराज पाण्डेले ७ सय ७६ मत प्राप्त गरि विजयी भएका छन् । शाह समूहका लक्ष्मी नारायण शाहले ६ सय ७६ मत र माया पुनले ७ सय मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेश कांग्रेस अधिवेशन 

नेपाली कांग्रेस पौडेल पक्ष 
सभापति अमरसिंह पुन (रोल्पा)
उपसभापति भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही) 
महामन्त्री विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) 
सह–महामन्त्रीमा  खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र  निमा गिरी (प्युठान) (महिला) 

शेरबहादुर देउवा पक्ष

सभापति भरत कुमार शाह (रुपन्देही)
उपसभापति सुधाकर पाण्डे (कपिलवस्तु) र राजु खनाल (दाङ)
महामन्त्रीमा जन्मजय तिमिल्सिना (बर्दिया) र  खिमानसिंह रायमाझी (प्युठान)
सह–महामन्त्रीमा सरिता चौधरी (रुपन्देही) , माया पुन (बाँके) र लक्ष्मीनारायण शाह (बाँके)