Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०९:०२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली महिला क्रिकेटर सीता  हङकङको टी–२० फ्रेन्चाइजमा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०९:०२:००

नेपाली महिला क्रिकेटर सीता रानामगर हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्मिटेसनल–२०२२ का लागि छनोट भएकी छिन् । क्विन्स इभेन्ट म्यानेजमेन्टले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । 

म्यानेजमेन्टका अनुसार सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी हुन् । फेयर ब्रेक इन्मिटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यताप्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन् २०२२ मेमा हङकङमा हुँदै छ । 

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिरजस्ता चर्चित खेलाडीको सहभागिता रहनेछ । क्रिकेटका माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगितामा सीता रानामगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले पछि गर्नेछ ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ मा डेब्यु गरेकी थिइन् । उनी कोहलपुर, बाँकेबाट क्रिकेट खेलमा प्रवेश गरेकी थिइन् ।