१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा अवैध चिरानी काठसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

नेपाल प्रहरीले संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नामा अवैध चिरानी काठसहित एकजनालाई पक्राउ गरेकाे छ। 

बिहीबार खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत ईलाका प्रहरी कार्यालय हेदाङ्नास्थित प्रहरी स्थायी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा किमाथांकातर्फबाट आउदै गरेको ना ७ त ६३६३ नम्बरको ट्याक्टरमा अवैध रूपमा १४१ थान (८६.५ कि.वि) चिरानी बटम र तख्ता काठ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए । उनका अनुसार, अबैध काठ बोकेर ल्याउने ट्याक्टरसहित ट्याक्टरचालक मकालु–१ का सुरज राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज हेदाङ्ना संखुवासभालाई बुझाइएको छ । 
    

उक्त क्षेत्र मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । हेदाङ्नामा प्रहरी र निकुञ्ज कर्मचारीद्वारा नियमित चेकजाँच हुने गर्छ । सो क्षेत्रबाट अवैध कारोबार हुने आशंकाले चेकजाँचमा कडाइ गर्ने गरिएको प्रहरीको भनाइ छ ।