
गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस)को ९५औँ वार्षिक बैठकमा सहभागी भएका छन् । सन् १९३० मा स्थापित अन्तर्राष्ट्रिय वित्तीय सस्था बिआइएसमा ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् ।
कार्यक्रममा गभर्नर डा. पौडेलले नियमन तथा प्रतिस्पर्धा विषयक अन्तक्र्रिया कार्यक्रममा समेत सहभागिता जनाएका थिए । बिआइएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
वार्षिक बैठकका क्रममा गभर्नर डा. पौडेलले बिआइएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट गरेका थिए । साथै, बिआइएस, बैंकिङ विभागका प्रमुख लुइस बंगोेचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीलगायतका प्रतिनिधिसँग समेत बैठक भएको थियो ।