नेपाल बार एसोसिएसनले धर्नाका कार्यक्रमलाई निरन्तरता दिन देशभरका बार एकाइहरूलाई परिपत्र जारी गरेको छ। सोमबार बसेको बारको बैठकले उच्च तथा जिल्ला अदालत नियमावली संशोधन नगरिएको भन्दै सबै बार एकाइहरूलाई धर्नाका कार्यक्रमलाई निरन्तरता दिन परिपत्र जारी गरेको हो।