मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १९:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आतंकवादविरुद्ध प्रतिबद्धता कार्यान्वयन नभएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १९:३५:००

पाकिस्तानको अदालतले नोभेम्बर ७ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जनालाई रिहा गरेपछि अन्तर्राष्ट्रिय समुदायसँग उसको आतंकवादविरोधी प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लागेको छ । समाचार एजेन्सी इन्साइड ओभरका अनुसार रिहा हुनेहरूमा प्रोफेसर मलिक जफर इकवाल, नसरुल्लाह समिउल्लाह, याह्या मुजाहिद, आफिज अब्दुल रहमान मक्की र उमर बहादुर रहेका छन् । मक्कीबाहेक सबैलाई नाै वर्ष जेल सजाय सुनाइएको थियो ।

यी ६ जनालाई संयुक्त राष्ट्रसंघले आतंककारी घोषणा गरेको हाफिज सइदले संरक्षण प्रदान गर्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सइद लस्कर ए नोइबाको नजिक मानिने जमात उद दावाको संस्थापक मानिन्छन् । सइदलाई अदालतले धेरैपटक दोषी ठहर गरिसकेको छ भने उनी जेल जाने र रिहा हुने क्रम जारी रहेको छ ।  उनले नेतृत्व गरेका आतंककारी समूहहरूले पाकिस्तानमा सरकारले गर्ने छानबिनबाट बच्न नाम परिवर्तन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघले उनीहरूका विषयमा पनि अब छानबिन गर्ने जनाइएको छ ।

गत अप्रिलमा न्युयोर्कमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपले खुलासा गरेको थियो कि पाकिस्तानले आफ्नो आतंकवादी निगरानी सूचीबाट करिब चार हजार आतंककारीको नाम हटाएको थियो । तर, पाकिस्तान सरकारले भने यसको खण्डन गर्दै आएको छ ।