१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्दसत्र सुरु नभएकोमा रावलको असन्तुष्टि, भन्छन्– अन्यत्र बसेर निर्णय गर्नु आपत्तिजनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

नेकपा एमालेको दशाैँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र बिहान १० बजे सुरु हुने भनिएको थियो। तर, साँझ ६ बजिसक्दासमेत बन्दसत्र सुरु नभएपछि उपाध्यक्ष भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले असन्तुष्टि जनाएका हुन्।

पार्टी निर्णयविपरीत अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसी विधि र पद्धतिविपरीत कार्य गरेको भन्दै उनले आपत्ति जनाएका छन्। रावलले लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णयविपरीत ११ र १२ गते दिनभरी अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णयविपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरुद्धमा छ।’

 

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णयविपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णयविपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ।

— Dr. Bhim Rawal (@BhimRawal179) November 28, 2021

पार्टी अध्यक्ष केपी शर्मा ओली बसेको होटेल सफारीमा नेताहरू पटकपटक छलफलमा जुटिरहेका छन्। आफूलाई प्रत्यक्ष छलफलमा नबोलाइएको भन्दै रावल भने छलफलमा सहभागी भएका छैनन्। ओलीले आफूनिकट नेताहरूमार्फत रावललाई आफू बसेको होटेलमा आउन सन्देश पठाएका थिए। तर, रावलले बन्दसत्र सुरु हुने भनिएको समयमा नगरेर विधिविपरीत कोठामा छलफल गर्नु आपत्तिजनक रहेको भन्दै कसैलाई भेट्न नजाने खबर पठाएका छन्।