
एलजी नेपालले नवीनतम ग्लोबल इनोभेसनको अवधारणा ‘अफेक्सोनेट इन्टेलिजेन्स’ सार्वजनिक गरेको छ । १३–१४ असारमा आयोजना गरिएको कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधि अनुभव गराइएको थियो । अफेक्सोनेट इन्टेलिजेन्स एलजीको आर्टिफिसियल इन्टेलिजेन्सप्रति राखिएको विशेष दृष्टिकोण हो । यसले एआईलाई बुद्धिमान् बनाउनुका साथै संवेदनशील र उत्तरदायित्व पनि बनाउने र यसले प्रविधि र मानवबिचको सम्बन्धलाई थप घनिष्ठ बनाउने कम्पनीले जनाएको छ ।
सोही कार्यक्रममा एलजीले आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधान प्रस्तुत गरेको थियो । साथै, एलजीले नेपालमा आफ्नो ४० वर्षे सफलता मनाएको थियो । पछिल्लो चार दशकदेखि एलजी नेपाली घरपरिवारको रोजाइमा पर्दै आएको कम्पनीको दाबी छ ।
कार्यक्रममा चौधरी ग्रुपमा अध्यक्ष विनोद चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा, डिलर तथा साझेदारको समर्थनप्रति आभार प्रकट गर्दै एलजीलाई देशकै भरपर्दो र लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन गरेको योगदानको प्रशंसासमेत गरेका थिए ।
त्यस्तै, यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भने, ‘हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकामा खुसी छौँ । एलजीले सधैँ नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ । अब भने अफेक्सोनेट इन्टेलिजेन्ससँगै एआई झन् मानवीय र संवेदनशील बन्नेछ ।’
कार्यक्रममा एलजी, सिंगापुरका प्रबन्ध निर्देशक फावियन कुन्हो ली, बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड सुन्घो चुन र चौधरी ग्रुप, नेपालका निर्वाण चौधरीलगायत उपस्थित थिए । साथै, सहभागीहरूले एआई मिसन च्यालेन्समा भाग लिनुका साथै उपहार पनि जितेका थिए ।