
गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपतका घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु. दुई करोड २१ लाखबराबरको क्षति भएको छ ।
यसैगरी, बाढीका ६४ घटनामा चारजनाको मृत्यु भएको तथा चारजना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चारवटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठजनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एकजनाको मृत्यु भएको तथा तीनजना घाइते भएका छन् । विपतका घटनामा रु. २६ करोडको आर्थिक क्षति भएको छ । रासस