२१३ जनामा कोरोना संक्रमण हुँदा ३२५ जना संक्रमणमुक्त

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ६३२ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चार हजार ९०७ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १९७ र एक हजार ७२५ नमुनाको परीक्षण गर्दा एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

शनिबार नेपालमा एक लाख १५ हजार ४३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा देशभर संक्रमणका कारण तीनजनाले ज्यान गुमाए भने ३२५ संक्रमित निको भए। अब नेपालमा सात हजार १५६ सक्रिय संक्रमित रहेका मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ।

सुझावित समाचार