मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १० शुक्रबार १७:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विद्युतीय प्रणाली सुधारका लागि एडिबीद्वारा सात अर्ब ऋण प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १७:५४:oo

एसियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवं आधुनिकीकरणका लागि करिब सात अर्ब आठ करोड रुपैयाँबराबरको ऋण सहायता उपलब्ध गराएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ। ऋण सहयोगबाट नेपालगन्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। यस्तै, काठमाडौं उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ।

त्यस्तै, ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मूलपानीमा अत्याधुनिक सबस्टेसन निर्माण गरिनेछ। त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ। अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतकाे माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आन्तरिक रूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युतकाे प्रसारणका अतिरिक्त गुणस्तरमा समेत वृद्धि हुने बताए। नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ। काठमाडौं उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडिबीले नै ऋण सहायता उपलब्ध गराएको छ। रासस