मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार १७:३३:००

देशभर थप तीन सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा दुई सय ८१ र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा सात हजार एक सय चारजनाको पिसिआर परीक्षण र एक हजार आठ सय पाँचजनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

हाल देशभर सात हजार तीन सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार दुई सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार पाँच सय १६ पुगेको छ।