१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Wednesday, 26 June, 2024
२o७८ मङ्सिर ८ बुधबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार o७:४o:oo

नेपाली कांग्रेस लमजुङको सभापतिमा  डा. टकराज गुरुङ निर्वाचित भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । मंगलबार राति साढे १ बजे आएको मत परिणामअनुसार  गुरुङ एक सय ३२  मत बढी ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । देउवा पक्षका टकराजले खसेको एक हजार तीन सय ३९ मतमध्ये सात सय १७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी पौडेल पक्षका गमप्रसाद गुरुङ पाँच सय ८५ मत ल्याएर पराजित भएका हुन्  ।

लमजुङमा टकराज र गमप्रसाद पक्षका दुई समूह आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका  थिए । उपसभापति पदमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे निर्वाचित भएका छन् । आनन्द पौडेल पक्षका हुन् भने श्रीकान्त टकराजको प्यानलबाट निर्वाचित भएका हुन् । सचिवमा टकराज प्यानलका कृष्णबहादुर अधिकारी र गमप्रसाद प्यानलका विमल श्रेष्ठ निर्वाचित भएका छन् ।  

यस्तै, सहसचिवमा नरबहादुर गुरुङ र विश्व पौडेल निर्वाचित भएका  छन् । पौडेल टकराजको प्यानलबाट निर्वाचित भएका हुन् भने गुरुङ गमप्रसादको प्यानलबाट निर्वाचित भएका हुन् । निर्वाचनअनुसार पदाधिकारी, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा पनि  देउवा पक्ष र पौडेल पक्षको मिश्रित परिणाम आएको छ ।

केन्द्रमा कोइराला परिवार पक्षधर शंकरकान्त जोशी–वृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेको थियो । लमजुङमा तेस्रो धार मानिएको उक्त समूहले समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको हो । कुल एक हजार तीन सय ३९ मत खसेकोमा एक हजार तीन सय दुई मत मात्रै सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए ।

ad
ad
ad
ad