
पछिल्लो २४ घण्टामा ३५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा २७३ जना कोरोनामुक्त भएका छन्। यस अवधिमा नाैजनाको मृत्यु भएको छ।
अहिले देशभर ७ हजार ३ सयजना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाका कारण ११ हजार ५०९ जनाको मृत्यु भइसकेको छ।