Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर ६ सोमबार ०८:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ केजी लागुऔषधसहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ६ सोमबार ०८:४५:००

जिल्ला प्रहरी कार्यालय लमजुङले ६ केजी लागुऔषध (गाँजा) सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मध्यनेपाल नगरपालिका– ५ समीभञ्ज्याङ बस्ने ३० वर्षीय विनोद शाहीलाई पक्राउ गरेको हो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार उनले आफ्नै घरमा अवैध रूपमा लागुऔषध (गाँजा) बिक्री–वितरण गर्न सञ्चय गरी राखेको छ भन्ने सूचनाको आधारमा निजलाई जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोर्लेटार लमजुङबाट खटिएको विशेष टोलीले मंसिर ३ गते दिउँसो साढे ३ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई आइतबार लमजुङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई शाहीउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लमजुङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा लागुऔषध (गाँजा) बरामद गर्न सफल भएको डिएसपी कार्कीको भनाइ छ ।