१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस सिन्धुपाल्चोक
२o८१ बैशाख २४ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्घटनामा एकको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
रासस सिन्धुपाल्चोक
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख २४ सोमबार १३:१२:oo

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नम्बरको आइचर ट्रकले काठमाडौंतर्फ जाँदै गरेको बा.३१प ०५८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको छ।
 
बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ।

ad
ad