१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आजदेखि ई–पासपोर्ट जारी, नयाँ पासपोर्टको रंग चकलेटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५९:oo

राहदानी विभागले आज बुधबारदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ। बुधबार दिउँसो राहदानी विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई–पासपोर्टको औपचारिक सुरुवात भएको हो। ई–पासपोर्टको उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीको नाममा बनेको इलेक्ट्रोनिक पासपोर्टबाट गरियो। जोशीलाई परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट वितरण गरे। उनले राहदानी विभागको नवनिर्मित भवनको पनि उद्घाटन गरे। 

आजदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि  देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ। डिजिटल चिपमा आधारित ई–पासपाेर्ट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ। यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिन्थ्यो। विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ। मंसिर २ गतेदेखि  सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट  वितरण हुनेछ। त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन्। 

ई–पासपोर्ट बनाउन सेवाग्राही काठमाडौं आउन नपर्ने राहदानी विभागले जनाएको छ। विभागका निर्देशक शरदराज आरनका अनुसार देशभरमा जिल्ला प्रशासन कार्यालयबाट यो पासपोर्ट प्राप्त गर्न सकिनेछ। तर, जिल्ला प्रशासनबाट ई–पासपोर्ट बनाउन करिब १५ दिन समय लाग्नेछ। आकस्मिक रूपमा पासपोर्ट जारी गर्नुपरे काठमाडौंमै आउनुपर्नेछ। यसरी पासपोर्ट बनाउन १२ हजार शुल्क लाग्नेछ। जिल्लाबाट बनाउँदा पाँच हजार शुल्क तिर्नुपर्नेछ। सेवाग्राहीले जिल्ला प्रशासनमा पुगेर फारम र आवश्यक डकुमेन्ट बुझाउन सक्नेछन्। उक्त डकुमेन्ट जिल्ला प्रशासन कार्यालयले विभागको सर्भरमा अपलोड गर्नेछ। विभागले ई–पासपोर्ट जारी गरेर हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई पठाउनेछ। ‘यो पासपोर्ट निकै नै व्यवस्थित र सुरक्षित छ, यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ,’ निर्देशक आरनले भने, ‘चिपमा फोटो, औँठाछाप र व्यक्तिगत विवरण राखिन्छ। कागजी पासपोर्टभन्दा यो पासपोर्ट कैयौँ गुणा सहज र सुरक्षित छ। 

घन्टौँसम्म लाइनमा बस्नु नपर्ने
विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार यो पासपोर्ट जारी गर्न धेरै समय लाग्दैन। सेवाग्राहीलाई पनि कार्यालयमा धेरै समय कुर्नुपर्दैन। उनका अनुसार यो उत्तिकै विश्वसनीय छ। विगतमा प्रदान गर्दै आएको पासपोर्टभन्दा यो पासपोर्ट बनाउन निकै कम समय लाग्छ। यस्तो पासपोर्टमा राखिएको व्यक्तिगत रेकर्ड र विवरणहरू फेरबदल गर्न झन्झट हुने भएकोले कागजात पेस गर्दा चेकजाँच गर्न आग्रह गरिएको छ।

नेपालमा योभन्दा अघि हस्तलिखित र हरियो रंगको मेसिनरी राहदानी जारी हुँदै आएको थियो। अबदेखि संसारभर प्रचलित, वैज्ञानिक र भरपर्दो मानिएको इलेक्ट्रोनिक पासपोर्ट सुरु भएको विभागले जनाएको छ। सेवाग्राहीले पहिलेको पासपोर्टमा जस्तै बुकलेट पाउनेछन्।  नयाँ इलेक्ट्रोनिक पासपोर्ट ३४ पृष्ठको छ। नयाँ पासपोर्ट राष्ट्रिय परिचयपत्रसँग पनि कनेक्ट गरिएको विभागले जनाएको छ। उक्त कार्यको लागि विभाग र गृह मन्त्रालयले समन्वय गरेका छन्।

प्रविधिमा संसारका अरू मुलुकसँग नजिक छौँ : सत्यमोहन जोशी
संस्कृतिविद् सत्यमोहन जोशीले पासपोर्ट देश र आफ्नो परिचय भएकोले जहाँ गए पनि यसकोे अत्यन्तै महत्त्व रहेको बताए। उनले प्रविधिमा नेपाल पनि अन्य मुलुकझैँ अघि बढेको बताए। पुरानो परराष्ट्रनीति धेरै परिवर्तन भइसकेको र अन्य मुलुकजस्तै नेपाल पनि अघि बढेको उनको भनाइ छ। उनले धेरै  पहिले उपत्यकाबाहिरबाट यहाँ छिर्न  लिखित पासपोर्ट देखाउनुपर्ने चलन रहेको स्मरण गरे।

ad
ad