१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चन्द्रागिरि हिल्सलाई बेस्ट लक्जरी रिसोर्टको अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५१:oo

काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टले यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्राप्त गरेको छ । भारतको नयाँदिल्लीमा भएको कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो । 

भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले पुरस्कार प्रदान गरेको चन्द्रागिरि हिल्सले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेको छ । कम्पनीले चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको जनाएको छ ।

ad
ad