१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २७ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o७८ कार्तिक २७ शनिबार २२:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ कार्तिक २७ शनिबार २२:१९:oo

चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार प्राप्त गरेका छन् ।  

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइको पाँचपोखरीमा शनिबार सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् । दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेन्ड र २ घण्टा १ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाँचौँ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरिन् । उपाधिसँगै उनले नगद रु ५० हजार प्राप्त गरेकी छिन्  । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् । तस्रो, चौथो र पाँचौँ स्थान क्रमश प्युठानका संगीता बुढामगर, आस्मा विश्वकर्मा र निर्मला राईले हात पारे । 

सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा सन्च तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन् । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए । 

जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीमा अन्त्य भएको २१ किलोमिटरको हाफ म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरीबाट सुरु भएको हो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रदेशमा साहसिक तथा पर्यटकीय खेलकुदलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरसम्म पुर्याई नेपाली खेलाडीहरूले विदेशी खेलाडीहरूसँगको प्रतिस्पर्धामा विजयी बनाउन  र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।