रजनीकान्तको ‘अन्नाथे’ले चार दिनमा कमायो १७४ करोड

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

कलिउड सुपरस्टार रजनीकान्त अभिनीत नयाँ फिल्म ‘अन्नाथे’ले रिलिजको चौथो दिनसम्म एक सय ७४ करोड भारु कमाएको छ। दिवाली विकेन्डका कारण फिल्मलाई निकै फाइदा पुगेको बताइएको छ।

फिल्म हेर्नका लागि मानिसहरू हलसम्म पुगिरहेका छन्। फिल्म ट्रेड एनालिस्ट त्रिनाथलाई उद्धृत गर्दै फिल्मले तमिलनाडुमा निकै राम्रो व्यापार गरिरहेकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै ‘अन्नाथे’ १०० करोडको आँकडा पार गर्ने रजनीकान्तको ९औँ फिल्म बनेको छ। फिल्मले रिलिजको पहिलो दिनमा नै ७० करोड भारुको व्यापार गरेको थियो।

शिवाले निर्देशन गरेकाे यस फिल्ममा रजनीकान्तका अलावा कीर्ति सुरेश, खुसबु सुन्दर, मीना, जगपथी बाबुलगायतले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्मलाई पेद्दन्ना नाम दिएर तेलगु भाषामा पनि रिलिज गरिएको छ।

सुझावित समाचार