१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंक अफ काठमाडौंको सिइओमा मास्के

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४२:oo

बैंक अफ काठमाडौं लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्केलाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । मास्केले तीन महिनाअघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका थिए ।

उनले बैंकको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको जनाइएको छ । 

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाडौंलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकका रूपमा स्थापित गराउन आफ्नो प्रमुख भूमिका रहने बताए । हाल बैंकले ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 

ad
ad