१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७८ कार्तिक १८ बिहीबार ०८:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १८ बिहीबार ०८:३६:००

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ मा पनि ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

त्यसैगरी, हिमालयन बैंकले २६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले कुल १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सिटिजन बैंकले १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र ३ दशमलव ९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस सेयर र ३ दशमलव ३९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यसैगरी, एनआइसी एसिया बैंकले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १५ प्रतिशत बोनस र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल बंगलादेश बैंकले नगद लाभांश ३ दशमलव ५० प्रतिशत  र बोनस सेयर १२ प्रतिशत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । त्यस्तै, एनएमबि बैंकले १२ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ५ प्रतिशत नदग गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।सिद्धार्थ बैंकको १४ दशमलव २५ प्रतिशत बोनस र शूून्य दशमलव ७५ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद  गरी कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।त्यसैगरी, बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म घोषणा गरेकामध्ये कुमारी बैंकले सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमई बैंकले कुल १३ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । बैकले १० प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले कुल १३ दशमलव ६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस र ३ दशमलव ६ प्रतिशत नगद लाभांश दिने भएको हो । एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । त्यस्तै, कुमारी बैंकले हालसम्म घोषणा गरेकोमध्ये सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । हालसम्म लक्ष्मी बैंक, प्राइम बैंक, एनसिसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभुु बैंक, एसबिआई बैंक, सन्राइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।