नबिल बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।