१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Saturday, 24 August, 2024
२o७८ कार्तिक १५ सोमबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टरमा मजदुरी गर्ने किशोरको शव फेला, हत्याको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार १८:o७:oo

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ४ इँटाटार घर भएका एक किशोर गाउँदेखि करिब १० किलोमिटर उत्तर सुखीपुर लडकन्हानजिक मृत अवस्थामा भेटिएका छन्। इँटाटार गाउँका फुले यादवका कान्छा छोरा करिब १८ वर्षीय सचिनकुमार यादवको शव सोमबार बिहान सुखीपुर नगरपालिका– ४ लडकन्हा नजिकको धानखेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

खेतबारीतिर जाने गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि सिलोर्वापछवारीस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट आएको संयुक्त टोलीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि सिराहा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
 
ट्याक्टरमा मजदुरी गर्थे किशोर
गत वर्ष आमा गुमाएका यादव गाउँघरमा मजदुरी गर्दै आएका थिए। स्थानीय मनोज पासवानका अनुसार पछिल्लो लकडाउनमा स्थानीय हाटबजारमा तरकारीको खुद्रा व्यापार गर्दै आएका यादव कहिलेकाहीँ ट्याक्टरमा मजदुरी पनि गर्थे। उनी इँटाटार गाउँनजिकै पर्ने कमलपुर गाउँका अशोककुमार यादवको ट्याक्टरमा गिट्टी लोड गर्न आइतबार दिउँसो गागन खोला आएका थिए। ट्याक्टरमा किशोरसहित कति जना थिए भन्ने नखुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

गिट्टी बोकेर आइतबार साँझ इँटाटार फर्किने क्रममा लडकन्हा गाउँनजिकै नम्बर नखुलेको मोटरसाइकलसँग ट्याक्टर ठोक्किँद सामान्य विवाद भएको खुलेको उनले बताए। उनका अनुसार मोटरसाइकल मर्मत गरिदिने मौखिक सहमतिमा दुवै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए। किशोर ट्याक्टरबाट आफैँ खसेका या कर्तव्य गरेर हत्या भयो भन्ने विषयमा एक शंकास्पद व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।