१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Friday, 04 July, 2025
सोनी राई सोलुखुम्बु
२o७८ कार्तिक १५ सोमबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मादकपदार्थ सेवन गरी श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् घाइते

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ कार्तिक १५ सोमबार १२:४१:oo

सोलुखुम्बुमा मादकपदार्थ सेवन गरेकी श्रीमतीले खुकुरी र हँसिया प्रहार गर्दा श्रीमान् घाइते भएका छन्। जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका– १ बुप्सानिवासी ४५ वर्षीय दातेन्जी शेर्पा आफ्नै ४० वर्षीया श्रीमती ल्हाक्पा दिकी शेर्पाको खुकुरी र हँसिया प्रहारबाट घाइते भएका हुन्।

शनिबार साँझ करिब ५ बजेको समयमा मादकपदार्थ सेवन गरी घरायसी विवाद हुँदा उक्त घटना भएको अनुसन्धानका क्रममा खुलेको छ। खुकुरी र हँसिया प्रहारबाट शेर्पाको दाहिने हातको कुम, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल फाप्लुमा उपचाररत उनी खतरामुक्त रहेको बताइएको छ।

निजकी श्रीमतीलाई आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।