१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Friday, 05 July, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १३ शनिबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानमा हिन्दू मन्दिरबाट सुनका गहना र पैसा चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार १६:१८:oo

पाकिस्तानको सिन्ध प्रान्तको कोत्रीमा रहेको हनुमान देवी माता मन्दिरबाट अज्ञात समूहले सुन र चाँदीका सामानसहित हजारौँ पैसा चोरी गरेका छन्। उनीहरूले मन्दिरलाई अपवित्र बनाएको स्थानीय हिन्दु धर्मावलम्बीहरूलेआरोप लगाएका छन्।

स्थानीयले कोत्री प्रहरी कार्यालयमा दिएको निवेदनमा संविधानको धारा २९५ तथा पाकिस्तानको पेनल कोडका अन्य प्रावधानअनुसार दोषीमाथि कारबाहीका लागि माग गरिएको छ। सिन्धु नदी किनारमा रहेको मन्दिरमा बिहीबार यो घटना भएको स्थानीय समा टेलिभिजनले जनाएको छ। पाकिस्तानमा हिन्दू मन्दिरहरू भत्काउने तथा हिन्दू धर्मावलम्बीहरूमाथि कुटपिट हुने गरेका घटना सार्वजनिक भइरहेका वेला मन्दिरमा चोरी भएको घटना सार्वजनिक भएको हो।
 
मन्दिरको छानामा चढेर चोरहरूले मूर्तिमा राखिएका गहना चोरेका थिए। स्थानीयहरूका अनुसार कोत्रीमा रहेका मन्दिरमा चोरी भएको पहिलो घटना भने होइन। गत जनवरीमा पनि यही मन्दिरमा चढाइएका सुनका सामान चोरी भएका थिए। कोत्रीमा रहेको गुरु वाल्मीकि मन्दिरबाट पनि हजारौँ रुपैयाँ पर्ने सुनको श्रीपेच चोरी भएको थियो।

मुख्यमन्त्री मुराद अलि शाहलाई घटनाबारे प्रशासनले जानकारी दिएको पञ्जाबको सिन्धस्थित मुख्यमन्त्री कार्यालयले जनाएको छ। चन्दा बाकसमा राखिएका बीसौँ हजार रुपैयाँ, सुनचाँदीका गरगहना चोरी भएको जानकारी प्राप्त भएको मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घटनापछि शुक्रबार पाकिस्तानको अल्पसंख्यकसम्बन्धी आयोगका अध्यक्ष चेलाराम केवलानी र सिन्धस्थित अल्पसंख्यक मामिलामन्त्री ज्ञान चन्द एसारानीले प्रहरीलाई जानकारी दिएका थिए। उनीहरूको जानकारीका आधारमा प्रहरीले एफआइआर दर्ता गरेर अनुसन्धान सुरु गरेको बताइएको छ।

ad
ad
ad
ad