१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Saturday, 06 July, 2024
रासस बागलुङ
२o७८ कार्तिक १३ शनिबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी ढोरपाटनमा

Read Time : < 1 मिनेट
रासस बागलुङ
नयाँ पत्रिका बागलुङ
२o७८ कार्तिक १३ शनिबार १४:४४:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन्। नेपाली सेनाको हेलिकाेप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन पुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन् ।

निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गरेका थिए।

राष्ट्रपति भ्रमणमा आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी हिजै ढोरपाटन पुगेका थिए। ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्र हो। सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ। सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। एक हजार ३२५ वर्ग किमिमा फैलिएको आरक्ष बाग्लुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । 

पर्यटकीय क्षेत्र ढोरपाटनमा देशकै ठूलो उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ। राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

ad
ad
ad
ad