सर्वोच्च अदालतको फुलकोर्ट बैठक केहीबेरमा बस्ने भएको छ। सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गर्न बैठक बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ। बैठकमा अन्य विषयमा छलफल नहुने बताइएको छ।
यता, सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ पारिएको छ। महानगरीय प्रहरी परिसर टेकु र सिंहदरबार वृत्तबाट उक्त क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ।