मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक ९ मंगलबार २१:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ९ मंगलबार २१:२३:००

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १७ बिरौटा बस्ने वर्ष ४२ का सुरेश तामाङ र बारा कोल्बी नगरपालिका– १ कोल्बी बस्ने वर्ष २६ का ऋषि भट्ट रहेका छन् ।

पोखरा– ६ लेकसाइडस्थित होटेल ड्रिमल्यान्डमा महिलाहरूलाई काममा लगाइदिन्छु भनी ललाइफकाई प्रलोभनमा पारी डर र त्राससमेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुईजना सँगै प्रहरीले होटेलबाट पीडित महिलालाई उद्धार गरी मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको हमालले जानकारी दिए । 

पक्राउ परेका तामाङ र भट्टविरुद्ध मानव बेच–बिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।