१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक ८ सोमबार २१:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङको खुदीबजार केन्द्रबिन्दु भएर भूकम्प

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ८ सोमबार २१:३२:००

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३  खुदीबजार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार राति साढे ८ बजे लमजुङको खुदीबजार केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

उक्त भूकम्प २०७२ वैशाखकै पराकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्प जिल्लाका अधिकांश स्थानमा महसुस भएको थियो । 

भूकम्पकाे धक्का आउँदा नागरिकहरू त्रसित भएर बाहिर निस्किएका थिए । २०७२ को पराकम्प पटकपटक आइरहँदा खुदीबजारसहित जिल्लाका नागरिक त्रसित भएका छन् ।