१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ८ सोमबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको एक होटेलबाट ११ अफगानी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार ११:o२:oo

प्रहरीले काठमाडौंबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। सिनामंगलको एक होटेलबाट उनीहरूलाई सोमबार बिहान पक्राउ गरिएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए। ‘सिनामंगलको एक होटेलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेका हौँ,’ उनले भने, ‘अहिले सोधपुछको क्रम चलेको छ। के गर्ने भन्ने टुंगो लाग्दै छ।’

अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि देश छोड्नेको संख्या बढेको छ। उनीहरू पनि त्यही क्रममा भारत हुँदै नेपाल प्रवेश गरेको देखिएको छ। उनीहरूको साथबाट भारतीय कागजात पनि प्रहरीले बरामद गरेको छ। ती कागजातबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।