१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

सिंहको चौरासी  व्यञ्जन पुस्तक विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५४:oo

कान्ति राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । गत आइतबार आयोजित कार्यक्रममा डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणाले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता लोकभक्त राणाले चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताए । उनले भने, ‘यो पुस्तकमा शाकाहारी, मांसाहारी, व्रत बसेको समयमा खाने खाना, बिरामीले खाने खानालगायतका समग्र परिकार बनाउने तरिकाबारे उल्लेख भएकाले सबैका लागि उपयोगी छ ।’

यस्तै, डा. देउवाले पुस्तकले समग्र सल्याणी र राणाहरूको खानपान संस्कृतिलाई समेटेको बताइन् । लेखक कान्ति राणा सिंहले पुस्तक लकडाउनको समयमा रचना गरेको बताइन् । उनले सानैदेखि आमाले बनाएका विभिन्न परिकारहरू हेर्दै हुर्किएको र यस्ता परिकार बनाउने विधिलाई डकुमेन्टेसनको प्रयासस्वरूप पुस्तक तयार भएको बताइन् । 

ad
ad