मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ५ शुक्रबार १९:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा शिक्षकले ४ महिनादेखि पाएनन् तलब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ५ शुक्रबार १९:३८:oo

अफगानिस्तानमा शिक्षकहरूले चार महिनाभन्दा बढी समयदेखिको तलब उपलब्ध गराउन शिक्षकहरूले तालिबान सरकारलाई अनुरोध गरेका छन् । हेरात प्रान्तमा शुक्रबार जम्मा भएका सैयौँ शिक्षकहरूले सरकारसँग तलबसुविधा माग गरेका हुन् । 

अफगानिस्तानको समाचार संस्था टोलो न्युजका अनुसार तलब नहुँदा सामान्य रूपमा गुजारामा समस्या आएको भन्दै शिक्षकहरूले इस्लामिक इमिरेट्स सरकार (तालिबान)सँग तलब माग गरेका हुन् । ‘चार महिनाभन्दा बढी समयदेखि हामीलाई घर चलाउन मुस्किल भएको छ, सामान्य खर्च चलाउन पनि सकेका छैनौँ,’ शिक्षक लतिफा अलिजाईलाई उद्धृत गर्दै टोलो न्युजले समाचार प्रकाशन गरेको छ ।

कतिपय शिक्षकहरूले त घरमा भोकमरी लाग्ने अवस्था आएको गुनासो गरेका छन् । ‘धेरै शिक्षकहरूसँग त बिजुलीको बिल तिर्ने पैसासमेत नभएर अन्धकारमा बस्नुपरेको छ,’ एकजना शिक्षक नासिर अहम्मद हकिमीले भनेका छन् । 

अर्का शिक्षक सादत अतिफले एक महिनादेखि बिरामी रहेकी छोरीलाई उपचार गर्न अस्पताल लैजान नसकेको बताएका छन् । टोलो न्युजका अनुसार कम्तीमा पनि १८ हजार शिक्षकले चार महिनाभन्दा बढी समयदेखिको तलब पाएका छैनन् । यीमध्ये १० हजार जति शिक्षिका छन् । तालिबानले शासन लिएपछि अफगानिस्तानमा आर्थिक संकटका कारण कसैलाई पनि तलब दिइएको छैन ।