प्रमुख प्रतिपक्षी दल एमालेले नेतृत्व चयनका लागि हुने आगामी १०औँ महाधिवेशनमा विद्युतीय मेसिनको प्रयोग गर्ने भएको छ । बिहीबार र शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले विद्युतीय मेसिन प्रयोग सम्बन्धमा आवश्यक तयारी गर्न निर्देशन दिएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिका मापदण्डबारे निर्णयका लागि ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बस्ने ज्ञवालीले जानकारी दिए ।