१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार २०:४६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनले डासु बाँध निर्माण सुचारु गर्न माग्यो क्षतिपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार २०:४६:००

चीनले पाकिस्तानको डासु बाँध परियोजनाको काम सुचारु गर्न  पाकिस्तानसँग ३ करोड ८० लाख अमेरिकी डलर क्षतिपूर्ति मागेको छ । बाँध निर्माणका क्रममा मारिएका चिनियाँ इन्जिनियरको क्षतिपूर्तिबापत उक्त रकम चीनले मागेको हो ।

बिजनेस रेकर्डरमा मुस्ताक घुमम्यानले लेखेका छन्, ‘चीनले बाँध परियोजना सुचारु हुनुभन्दा अघि ३ करोड ८० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने अडान पाकिस्तानसँग राखेको छ । गत जुलाई १४ मा बिस्फोटक पदार्थ भरिएको कारसँग चिनियाँ इन्जिनियर तथा कामदार सवार बस ठोक्किँदा बस सडकभन्दा तल खसेको थियो । 

दुर्घटनामा परेर बसमा सवार ९ जना इन्जिनियर, दुईजना स्थानीय बासिन्दा र दुईजना फ्रन्टियर कन्स्टबुलरी व्यक्तिको मृत्यु भएको थियो । दुई दर्जन अन्य व्यक्ति घाइते भएका थिए । 
बिसनेस रेकर्डरका अनुसार घटनापछि त्यहाँ काम सुचारु भएको छैन । क्षतिपूर्तिका विषयमा पाकिस्तानको विदेश मन्त्रालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय, जलस्रोत मन्त्रालय तथा चिनियाँ राजदूतावासबीच छलफल भइरहेको छ । 

पाकिस्तानी अधिकारीहरूले एउटा बेग्लै उपसमिति गठन गरेर चिनियाँ क्षतिपूर्तिको मागका विषयमा छलफल गरिरहेका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार चिनियाँ मागलाई पाकिस्तानका सरकारी अधिकारीहरूले अनौपचारिक रूपमा अस्वाभाविक माग भएको टिप्पणी गरेका छन् । 

चीनको गेजुवा ग्रुप क्रपले बाँध परियोजना बनाउने जिम्मा पाएको छ । तर, उसले बस दुर्घटनापछि काम रोकेको छ । पाकिस्तानी अधिकारीहरूले क्षतिपूर्तिका विषयमा चाँडै एउटा निष्कर्षमा पुग्न सकिने जनाएका छन् । चिनियाँ अधिकारीहरूले भने उनीहरूका कामदार तथा इन्जिनियरलाई थप सुरक्षा तथा क्षतिपूर्तिका विषयमा टुंगो नलागेसम्म काम सुरु हुन नसक्ने बताएका छन् ।