१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o७८ कार्तिक ४ बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डडेल्धुरामा चार दिनपछि विद्युत् र सञ्चार सेवा सुचारु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार १४:३२:oo

भारी वर्षाका कारण डडेल्धुरामा अवरुद्ध विद्युत् र सञ्चार सेवा चार दिनपछि सुचारु भएको छ। कैलालीको चुरे गाउँपालिका खानीडाँडानजिक १३२ केभी लाइनमाथि रूख ढलेर तार चुँडिएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको थियो।

अवरुद्ध भएको विद्युत् बिहीबार दिउँसोदेखि सुचारु भएको डडेल्धुरा वितरण केन्द्रले जनाएको छ। यद्यपि, अन्य जिल्लाहरूमा भने विद्युत् सुचारु हुन अझै समय लाग्ने केन्द्रले जनाएको छ। कैयौँ स्थानहरूमा विद्युतका पोलहरू ढलेको, ट्रान्सफर्मर बगाएको र तारह? ठाउँठाउँमा चुँडिएको बताइएको छ।

विद्युत् प्राधिकरणको १३३ केभीको टावरमार्फत नै टेलिकमको अप्टिकल सञ्चालन गरिएको र १३३ केभीको विद्युतमा समस्या भएसँगै अवरुद्ध भएको टेलिफोन सेवा ओपिजी डब्लू सञ्चालन गरेर फोन सेवा सुचारु गरेको नेपाल टेलिकम डडेल्धुराका प्राविधिक प्रकाश विष्टले जानकारी दिए। ओपिजी डब्लूमार्फत डडेल्धुरा, डोटी र दार्चुलाको गोकुलेसम्म फोन सेवा सुचारु भएको र अन्य जिल्लाहरूमा फोन सेवा पनि सुचारु हुन नसकेको प्राविधिक विष्टले बताए।

ad
ad
ad
ad