१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोटीमा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:४५:oo

लगातारको बेमौसमी वर्षापछि आएको बाढी र पहिरोको कारण डोटीमा १५ जनाको मृत्यु भएको छ । गत ३१ असोजको रातिदेखिको अविरल वर्षासँगै बाढी र पहिरोका कारण डोटीको सायल गाउँपालिकामा  सातजना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुड्सिल गाउँपालिकामा र शिखर नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । 

प्रहरीकाअनुसार सायल गाउँपालिका–४का जंगी बिष्ट, वडा ६ का १४ वर्षीय सागर कुन्जेडा, ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै, सोही गाउँपालिका–१ का ७४ वर्षीष बिरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ । सोहीगाउँपालिका– ५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । 

जोरायल गाउँपालिका– ३ का ७३ वर्षीय जोगी सार्की, ६१ वर्षीया झुपरी सार्की, सोहीगाउँपालिका–४ का शेरबहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोहीगाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुंगा टाउकोमा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

बोगटान फुड्सिल गाउँपालिका– ५ का चन्द्रा नेपालीको पनि मृत्यु भएको छ । बाढी र पहिरोका कारण सायल गाउँपालिका–५ का रमेश लुहार, भीम लुहार, करी डुम्रेल, सोहीगाउँपालिका–६ का दिलबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा र बिन्दा कुन्जेडा घाइते भएका छन् । घाइतेमध्ये रमेश बिकलाई उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए । 

जोरायल गाउँपालिका–३ का पुस्कर बिक र केआई सिंह गाउँपालिका–४ यसोधा भट्ट पनि घाइते भएका छन् । 
 

ad
ad