लगातारको वर्षाले कर्णालीमा नदीनालाको बहाव बढेर चंखेली गाउँपालिकास्थित नेप्का गाउँका दर्जनौँ काठेपुल बगाएका छन्। नेप्का गाउँभन्दा टाढा टाँकेखर्क जानको लागि निर्माण गरिएका दर्जनौँ काठेपुल बगाएको हाे।
अविरल वर्षाले खोलाको काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका– ५ का भियाले तामाङले बताए । काठेपुल बगाएसँगै आवतजावतमा समेत समस्या भएको छ ।